काठमाडौं । केन्द्रीय बैंकले २८ दिनको अवधिका लागि २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गरेको छ। यस निक्षेपको ब्याजदर बोलकबोल प्रक्रिया मार्फत निर्धारण गरिने छ भने मूलधन तथा ब्याज भुक्तानी २०८२ चैत २९ गते हुने बताइएको छ।
बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँसम्म आवेदन दिन सक्नेछन्। कुल आह्वान रकमभन्दा बढी आवेदन आएमा बाँडफाँड ब्याजदर अनुसार हुनेछ। सबैभन्दा कम ब्याजदर भएका आवेदनलाई पहिलो प्राथमिकतामा राखेर बाँडफाँड गरिनेछ।
निक्षेप संकलनको लागि आह्वान गरिएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियोमा समावेश हुने भए पनि, यस रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने जनाएको छ। तर, बैंकले निर्देशनअनुसार कायम राख्नुपर्ने सव लिक्विड रेजर्भ तथा तरलता अनुपातमा यसलाई गणना गर्न सकिनेछ।







