काठमाडौं । साताको पहिलो कारोबारका दिन आज शेयर बजारमा सामान्य अंकको बढोत्तरी आएको छ । निर्वाचन पछाडि लगातार बढ्ने अपेक्षा राखिएको शेयर बजारमा अपेक्षित सुधार भने हुन सकेको छैन् ।
आज शेयर बजार ४.४५ अंकले बढेर २८२४.९० को विन्दुमा कायम भएको हो । उक्त दिन विभिन्न ३५० कम्पनीको ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार रुपैयाँको कारोबार भएको छ।
सेयर बजारमा सुधार आउँदा नौ उपसूचक हरियो भएको छ । सेयर बजारमा सुधार आउँदा सोलु हाइड्रोपावर र सालपा विकास बैंकको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
त्यस्तै, आज ग्रिन लाइफ हाइड्रोको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको ८१ करोडको शेयर कारोबार भएको हो ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको रिडी पावर कम्पनीको ६७ करोड ९६ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन नेशनल हाइड्रोपावर कम्पनीको ६२ करोड ५५ लाख २३ हजार रुपैंया, हिमाल दोलखा हाइड्रोपावरको ५५ करोड १३ लाख १८ हजार रुपैयाँ, राधी विद्युत कम्पनीको ४५ करोड ७६ लाख ४ हजार रुपैयाँको कारोबार भएको हो ।







