काठमाडौं। नेपालका वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा कर्मचारी बोनसका लागि उल्लेख्य रकम छुट्याएका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार माघ मसान्तसम्म २० वटा वाणिज्य बैंकहरूले कुल ५ अर्ब ७३ करोड ५० लाख रुपैयाँ स्टाफ बोनसको लागि छुट्याएका छन्।

यो रकम गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ४.०४ प्रतिशत बढी हो। अघिल्लो वर्षको यही अवधिमा बैंकहरूले ५ अर्ब ५१ करोड २० लाख रुपैयाँ छुट्याएका थिए।

अब आउने सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरेर काम गर्नुपर्छ : भुवन दाहाल

बैंक अनुसार हेर्दा, नेपाल बैंकले माघ मसान्तसम्म १४ करोड ९९ लाख रुपैयाँ बोनस प्रोभिजन गरेको छ, जुन गत वर्षको तुलनामा ३०.७७ प्रतिशत कम हो। गत वर्ष सोही अवधिमा नेपाल बैंकले २१ करोड ६६ लाख रुपैयाँ छुट्याएको थियो।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले १४ करोड २० लाख रुपैयाँ छुट्याएको छ, जसमा अघिल्लो वर्षभन्दा ५२.४७ प्रतिशत वृद्धि देखिएको छ। नबिल बैंकले ८५ करोड ५१ लाख रुपैयाँ बोनस प्रोभिजन गर्दै ३४.३१ प्रतिशत वृद्धि देखाएको छ।

सेयर बजारमा स्वर्णीम युग, नेप्से ४ हजार माथि पुग्ने विश्लेषक भट्टराईको अनुमान