काठमाडौं। वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बजारमा तरलता बढेको र कर्जा प्रवाह सुस्त रहेकाले पछिल्ला महिनाहरूमा ब्याजदर क्रमशः घट्दै आएको देखिन्छ ।

बैंकहरूले प्रत्येक महिनाको अन्त्यमा आगामी महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्ने प्रचलनअनुसार सोमबार वाणिज्य बैंकहरुले वैशाख महिनाका लागि नयाँ दरसूची सार्वजनिक गरेका हुन् ।

चैत महिनासँग तुलना गर्दा वैशाखमा ७ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर घटाएका छन् भने १३ बैंकले यथावत् राखेका छन् । अधिकांश बैंकले दर स्थिर राखे पनि केहीले कटौती गरेपछि समग्र औसतमा भने ब्यादर घटेको देखिएको हो ।

तथ्यांकअनुसार, व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा चैतको तुलनामा वैशाखमा ०.०९४ प्रतिशत बिन्दुले घटेको छ । चैतमा औसत ४.४९४ प्रतिशत रहेको औसत ब्याजदर वैशाखमा झरेर ४.४०० प्रतिशत कायम भएको छ ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर :

कुन बैंकको ब्याजदर कति ?

कृषि विकास बैंक  

कृषि विकास बैंकले माघ महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर स्थिर राखेको छ भने संस्थागत निक्षेपको ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१५ प्रतिशत र संस्थागततर्फ २.७८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सिटिजन्स इन्टरनेशनल बैंक

यस्तै, सिटिजन्स इन्टरनेशनल बैंकले वैशाख महिनाका व्यक्तिगत मुद्दतीको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपको यस्तै स्थिर राखेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर तोकेको छ।

माछापुच्छ्रे बैंक  

माछापुच्छ्रे बैंकले वैशाख महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

एनआईशी एशिया बैंक  

एनआईसी एशिया बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

एभरेष्ट बैंक  

एभरेष्ट बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपको स्थिर राखेको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ४.०५ र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर दिने भएको छ । चैत महिनाका लागि भने बैंकले व्यक्तिगत निक्षेपका लागि अधिकतम ४.२५ प्रतिशत ब्याजदर दिएको थियो ।

राष्ट्रिय वाणिज्य बैंक  

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपको स्थिर राखेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.७५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ । चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत ब्याजदर तोकेको थियो ।

सानिमा बैंक  

सानिमा बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेप र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.३ प्रतिशत ब्याजदर कायम गरेको छ ।   

प्राइम कमर्सियल बैंक  

प्राइम कमर्सियल बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेप र संस्थागतको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

नेपाल एसबीआई बैंक  

नेपाल एसबीआई बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ  ।

ग्लोबल आइएमई बैंक  

बैंकले वैशाख महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागतर्फ ३ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ ।

सिद्धार्थ बैंक  

सिद्धार्थ बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४ र संस्थागतर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धरण गरेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.२५ र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

एनएमबी बैंक  

बैंकले वैशाख महिनाका लागि ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

हिमालयन बैंक  

हिमालयन बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेप र संस्थागत दुवैको अधिकतम ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागतर्फ ३.७५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । बैंकले चैत महिनामा भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर दिएको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले वैशाख महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

नेपाल बैंक लिमिटेड

बैंकले वैशाख महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले माघ महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.५ प्रतिशत र संस्थागत तर्फको ३ प्रतिशत ब्याजदर तोकेका छ ।

प्रभु बैंक  

प्रभु बैंकले पनि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले वैशाख महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी सनराइज बैंक  

लक्ष्मी सनराइज बैंकले वैशाख महिनाका लागि ब्याजदर स्थिर राखेको छ। बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५ र संस्थागतको ३.२५ प्रतिशत कायम गरेको छ ।

नबिल बैंक  

नबिल बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपको स्थिर राखेको छ भने संस्थागतको घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ ३.०१ प्रतिशत ब्याजदर कायम गरेको छ ।

कुमारी बैंक  

कुमारी बैंकले व्यक्तिगत निक्षेपतर्फको अधिकतम ब्याजदर घटाएको छ भने संस्थागत मुद्दतीको स्थिर राखेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.०५ संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  बैंकले चैत महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१२ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।

स्ट्याण्डर्ड चाटर्ड बैंक

स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले वैशाख महिनाका व्यक्तिगततर्फ अधिकतम ४.१ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ४.११ प्रतिशत ब्याज दिएको थियो।