काठमाडौँ । नेपाल बीमा प्राधिकरणले ३७ बीमा कम्पनीको अद्यावधिक विवरणसहितको सूची सार्वजनिक गरेको छ।

प्राधिकरणले बुधबार एक सूचनामार्फत चैत मसान्तसम्मको अद्यावधिक विवरणका आधारमा बीमा ऐन २०७९ को दफा ३५ बमोजिम सूची सार्वजनिक गरेको हो ।

देशभर १४ वटा जीवन बीमा कम्पनी रहेका छन् भने निर्जीवन कम्पनी पनि १४ वटै रहेका प्राधिकरणले जनाएको छ।

यस्तै २ वटा पुनर्बीमा कम्पनी र ७ वटा लघुबीमा कम्पनीहरू रहेका छन्।