काठमाडौं। नेपाली बजारमा आइतबार सुनको भाउ उल्लेख्य रूपमा बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९९ हजार २ सय रुपैयाँ पुगेको छ।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ९४५ रुपैयाँ रहेको चाँदी आज ५० रुपैयाँले वृद्धि भएर ४ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।