काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार छापावाल सुनको भाउ अघिल्लो दिनको तुलनामा १ हजार ३ सय रुपैयाँले उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख ५ सय रुपैयाँ पुगेको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। आइतबार प्रतितोला ४ हजार ९९५ रुपैयाँ रहेको चाँदी सोमबार ५० रुपैयाँले बढ्दै ५ हजार ४५ रुपैयाँ पुगेको छ।