• Homepage – New
  • शेयर
    • नेप्से इन्डेक्स
    • साधारण सभा
    • हकप्रद
    • आइपीयो
    • लाभांश
  • बैकिङ्ग
    • बैंक
    • सहकारी
    • केन्द्रीय बैंक
  • बीमा
    • जीवन बीमा
    • निर्जीवन बीमा
    • पुनर्बीमा
  • बजार
    • व्यापार
    • मुद्रा
    • पूर्वाधार
    • उर्जा
    • सुन चाँदी
  • अर्थतन्त्र
    • कृषि
    • पर्यटन
    • रोजगार
    • घरजग्गा
  • उद्योग
    • प्रविधि
    • निर्माण
    • संस्थान
    • सेवा
  • समाचार
    • अन्य समाचार
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थराजनीति
  • विविध
    • पत्रपत्रिका
    • मनोरन्जन
    • अन्तर्राष्ट्रिय
  • फोटो/भिडियो
  • स्पेसल न्युज
  • अन्य
    • अन्तर्वार्ता
    • अटो
    • अनौठो विश्व
खोज
साइन इन
स्वागत छ! आफ्नो खाता मा प्रवेश
Forgot your password? Get help
खाता खोल्नुहोस्
खाता खोल्नुहोस्
स्वागत छ! खाताको लागि दर्ता गर्नुहोस्
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
Aarthik Voice
  • Homepage – New
  • शेयर
    • नेप्से इन्डेक्स
    • साधारण सभा
    • हकप्रद
    • आइपीयो
    • लाभांश
  • बैकिङ्ग
    • बैंक
    • सहकारी
    • केन्द्रीय बैंक
  • बीमा
    • जीवन बीमा
    • निर्जीवन बीमा
    • पुनर्बीमा
  • बजार
    • व्यापार
    • मुद्रा
    • पूर्वाधार
    • उर्जा
    • सुन चाँदी
  • अर्थतन्त्र
    • कृषि
    • पर्यटन
    • रोजगार
    • घरजग्गा
  • उद्योग
    • प्रविधि
    • निर्माण
    • संस्थान
    • सेवा
  • समाचार
    • अन्य समाचार
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थराजनीति
  • विविध
    • पत्रपत्रिका
    • मनोरन्जन
    • अन्तर्राष्ट्रिय
  • फोटो/भिडियो
  • स्पेसल न्युज
  • अन्य
    • अन्तर्वार्ता
    • अटो
    • अनौठो विश्व
Everest Bank Card

धनकुटामा प्रभु महालक्ष्मी लाइफद्वारा शैक्षिक सामग्री वितरण तथा जीवन बीमा सम्बन्धी विशेष तालिम सम्पन्न

Aarthik voice

Aarthik voice

१४ बैशाख २०८३, सोमबार १३:५३

216 Shares

facebook sharing button Share twitter sharing button whatsapp sharing button linkedin sharing button messenger sharing button

काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको धनकुटा शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत एक अर्थपूर्ण कार्यक्रमको आयोजना गर्दै जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै जीवन बीमा सम्बन्धी विशेष अभिमुखीकरण तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार धनकुटाको एक होटलमा कार्यक्रम गर्दै स्थानिय गोकण्डेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर तर अध्ययनमा लगनशील विद्यार्थीहरूलाई स्कुल ब्याग, कापी, पेन्सिल, कलम लगायतका आवश्यक शैक्षिक सामग्रीहरू वितरण गरिएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउनुका साथै उनीहरूको शैक्षिक यात्रामा थप प्रेरणा प्रदान गर्नु रहेको थियो। कार्यक्रममा कम्पनीका कोशी बि प्रमुख जगत नाथ फुयाल  प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

उहाँले सामग्री वितरण गर्दै सानो सहयोगले पनि विद्यार्थीहरूको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने बताउनुभयो। “शिक्षा नै भविष्यको आधार हो, र यस्ता सहयोगले विद्यार्थीहरूलाई अझ उत्साहित बनाउनेछ,” उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्षको रूपमा जीवन बीमा सम्बन्धी विशेष तालिम तथा सचेतनामूलक अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिएको थियो। प्रदेश प्रमुख फुयालले उपस्थित अभिकर्ता, शिक्षक तथा सहभागीहरूलाई जीवन बीमाको आवश्यकता, यसको महत्व, जोखिम व्यवस्थापनमा यसको भूमिका तथा दीर्घकालीन आर्थिक सुरक्षामा बीमाले पुर्‍याउने योगदानबारे विस्तृत रूपमा जानकारी दिनुभयो।

साथै उहाँले कम्पनीद्वारा सञ्चालनमा रहेका विभिन्न बीमा योजनाहरू, वार्षिक तथा मासिक बचत योजनाहरू, बोनस प्रणाली र बीमाबाट प्राप्त हुने प्रतिफलका बारेमा समेत प्रष्ट पार्नुभयो। उहाँले जीवन बीमा केवल बचत मात्र नभई परिवारको भविष्य सुरक्षित गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै सबैलाई बीमामा सहभागी हुन आग्रह गर्नुभयो।

विशेषगरी युवाहरूलाई लक्षित गर्दै बीमा क्षेत्रमा करियर निर्माण गर्ने सम्भावनाबारे पनि प्रेरणादायी विचार व्यक्त गर्नुभयो। विद्यालयका प्रधानाध्यापक यज्ञ प्रकाश चापागाईंले कार्यक्रमप्रति आभार व्यक्त गर्दै निजी क्षेत्रबाट शिक्षा क्षेत्रमा गरिएको यस्तो सहयोग अत्यन्त प्रशंसनीय रहेको बताउनुभयो।

उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनुका साथै अध्ययनप्रति झनै लगाव सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा कम्पनीका सिनियर एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर तथा एजेन्सी अफिसरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

धनकुटा शाखा प्रमुख भगवती कार्कीले कार्यक्रमको सञ्चालन गर्दै यसको उद्देश्य र प्रभावबारे प्रकाश पार्नुभयो। उहाँले भविष्यमा पनि यस्ता सामाजिक तथा सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य तथा आर्थिक सचेतनाका क्षेत्रमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै समाजप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको छ।



एक उत्तर छोड्न उत्तर रद्द

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्
तपाईले गलत ईमेल ठेगाना प्रविष्ट गर्नुभएको छ!
कृपया तपाईंको इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्

सम्बन्धित लेखलेखक बढी

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर संरचनामा परिवर्तन, सर्वसाधारणको हिस्सा बढ्ने

प्रभु महालक्ष्मी लाइफको बोनस सेयर हितग्राही खातामा जम्मा

प्रभु महालक्ष्मी लाइफले संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने, कति प्रतिशत ?

प्रभु महालक्ष्मी लाइफको बीमाशुल्क र आम्दानीमा वृद्धि, कस्तो छ वित्तीय अवस्था ?

पार्ट टाइम बीमा गरेर सीईओ क्लब एचिभर बनेका प्रभु महालक्ष्मी लाइफका अभिकर्ता कटुवाल

कटारीमा प्रभु महालक्ष्मी लाइफको अभिकर्ता क्षमता अभिवृद्धि तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

स्पेसल-न्युज

निष्क्रिय तथा खराब कर्जा असुली रणनीति, व्यवस्थापन र समाधानका उपायहरू : निरञ्जन पौडेल

नियो बैंक र भर्चूअल बैंक बीच के फरक छ ?, यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास

सुकुम्बासी बस्ती हटाउँदै सरकार, पुनःस्थापनाको योजना नहुँदा समस्या जटिल

दीपक र सुलभले पुँजी बजारमा यसरी गर्थे चलखेल, सेबोनको रिपोर्टले खोल्यो रहस्य

निजी क्षेत्रमा अख्तियार घुसाउने सरकारको तयारीले व्यवसायी चिन्तित, यस्तो छ विज्ञको धारणा

गोविन्द पन्थको १४ वर्षे बीमा यात्रा, यस्ता छन् संघर्षदेखि सफलतासम्मका अनुभव

ताजा

  • नगरपालिकाका खरदार रहेका नारायणदत्त पौडेल बने सशस्त्रका सर्वोच्च कमान्डर
  • अर्थमन्त्री वाग्लेद्वारा श्वेतपत्र जारी, यस्ता छन् प्रमुख चार लक्ष्य
  • यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु
  • नेप्से उकालो यात्रामा, यी ३ कम्पनीको मूल्य १५ प्रतिशतले बढ्यो
  • किंग लङ्गको नयाँ १६ सिटर सार्वजनिक, सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा भव्य लन्च सम्पन्न
  • लिम्पियाधुराको पुरानो नक्सा पोस्ट गरेपछि सीमाविद् श्रेष्ठको फेसबुक खाता निष्क्रिय
  • सुकुमबासीको छानबिन नगरी प्रहरी लगाएर सरकारले ज्यादती गर्यो : बसोबास बस्ती संरक्षण समाज
  • अर्थतन्त्रको दिगो विकासमा काम गर्छौं : गर्भनर पौडेल

ट्रेन्डिङ

  • गोविन्द पन्थको १४ वर्षे बीमा यात्रा, यस्ता छन् संघर्षदेखि सफलतासम्मका अनुभव
  • सन लाइफ इन्सोरेन्सले ६९औँ सहकारी दिवस अवसरमा व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन
  • दीपक र सुलभले पुँजी बजारमा यसरी गर्थे चलखेल, सेबोनको रिपोर्टले खोल्यो रहस्य
  • कहिले खुल्दैछ माउन्ट एभरेष्ट पावरको आईपीओ ?
  • ५० प्रतिशतले बढ्यो पेट्रोल कारको माग , इभीको आयातमा गिरावट
  • नयाँ नियम लागु भएकै दिन नेप्सेमा गिरावट, यस्तो छ विज्ञको प्रतिक्रिया
  • कबिर सन्त सत्सङ मन्दिर उद्घाटनसँगै योग साधना वार्षिक उत्सव सम्पन्न
  • यस्ता छन् आजको मन्त्रीपरिषद् बैठकका निर्णयहरु

Facebook Page

Facebook

शेयर

  • नेप्से उकालो यात्रामा, यी ३ कम्पनीको मूल्य १५ प्रतिशतले बढ्यो
  • अविरल हाईड्रोले आईपीओ निष्कासन गर्ने, कहिले छ साधारण सभा ?
  • स्नो रिभर्सले बैशाख २९ गतेदेखि आईपीओ निष्काशन गर्ने
  • सीडीएससीकी कार्यकारी प्रमुख पन्दाकलाई नेप्सेले फिर्ता बोलायो
  • कहिले छ सानिमा जिआईसीको साधारण सभा ?
  • सेयर बजारका नयाँ नियमप्रति लगानीकर्ता संघहरुको गुनासो, यस्ता छन् ४ बुदे माग
  • नेप्से लगातार ओरालो, यी कम्पनीमा लाग्यो सर्किट
  • भट्टको शेयर कारोबार प्रकरणमा गोल्छा पनि तानिए, पक्राउ परेको हल्ला निराधार

आर्थिक भ्वाइस मिडिया एण्ड रिसर्च प्रा.लि.

सूचना विभाग दर्ता नम्बर:४००४-२०७९/८०

सम्पर्क ठेगाना : अनामनगर, काठमाडौं

फोन : 9851259881

[email protected](for Admin)

[email protected]( for News)

सञ्चालक/सम्पादक:
बिजय फुयाँल

डेक्स:
केशव राज अवस्थी

सल्लाहकार:
ई. प्रवीण अर्याल

सह-सम्पादक:
जसिन्द्र श्रीपाली

रिपोर्टर:
शिव गौतम

दिनेश अधिकारी

© Copyright © 2023 | Aarthikvoice