काठमाडौं। सरकारले सशस्त्र प्रहरी बलको नयाँ महानिरीक्षकमा एआईजी नारायणदत्त पौडेललाई बढुवा गर्ने गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले वरियताको पहिलो नम्बरमा रहेका पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) बनाउने निर्णय गरेको हो। योसँगै मन्त्रीपरिषद्ले अन्य दुई निर्णयहरु पनि गरेको छ।

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

१. सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारीक कारोवार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने र सो सम्बन्धि सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने।

२. भन्सार नियमावली २०८३ स्वकृत गर्ने ।

३. सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र प्रहरी महानिरिक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त प्रहरी महानिरिक्षक श्री नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गर्ने ।