काठमाडौँ । नेपाल चिकित्सक संघले निजी अस्पतालमा उपचार गर्दा तीन प्रतिशत करको व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेको छ ।
निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट स्वास्थ्य समता शुल्क अन्तर्गत तीन प्रतिशत कर उठाउन निर्णयको संघले विरोध गरेको हो। ‘उपचार गराउन आएका बिरामीहरूलाई बिरामी भएकोमा समेत कर उठाउनाले बिरामी र बिरामीका आफन्तमाथि थप आर्थिक भार पर्न गई ठुलो अन्याय हुने संघको ठहर छ।’ जारी विज्ञप्तिमा भनिएको छ ।





