काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको छ । आज नेप्से २०.५४ अंकले घटेकाे हाे । आज नेप्से २०.५४ अंकले घटेर १९९३.३८ विन्दुमा कायम भएकाे छ
आज २८ कम्पनीको शेयरमूल्य बढेको छ भने १९५ कम्पनीकोे शेयरमूल्य घटेको छ । त्यस्तै ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज २८० कम्पनीको ३८ लाख ९५ हजार २३६ कित्ता शेयर कारोबार हुँदा एक अर्ब २६ करोड २७ लाख बराबरको शेयर कारोबार भएको छ । आज एशियन लाइफको शेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीकाे ७ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, आइएमई लाइफ, सोल्टि होटल, घोराही सिमेन्टस, माछापुच्छे्र बैंक, शिवम सिमेन्टस, हिमालयन लाइफ, नबिल बैंक, युनाईटेड अजोड र हिमालयन डिष्टलरीको शेयर सर्वाधिक कारोबार भएको छ ।
आज कुथेली बुखरीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, स्वाभिमान लघुवित्त, सिटिजन म्युचुअल फण्ड २, पिपुल्स पावर, अपर शोलु, सिद्धार्थ इक्विटी फण्ड, सनराईज फोर्स इक्विटी फण्ड ,समलिङ्ग पावर र बोर्टलर नेपाल (तराईको शेयर मूल्य बढेको छ ।
आज मकर जितुमाया शुरी हाइड्रोपावर कम्पनी लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले घटेको छ । लिबर्टी एनर्जीको शेयरमूल्य ६.३० प्रतिशतले घटेको छ ।
त्यस्तै, उप्पर स्याङ्गे हाइड्रोपावर, महुली लघुवित्त, खानीखोला हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, मेन्छीयाम हाइड्रोपावर, एनएमबी माइक्रोफाइनान्स, ग्रीन विकास बैंक र दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेको छ ।







