काठमाडौं । आज कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ ।

कारोबारको अघिल्लो दिन ३८ अंकले बढेको नेप्से परिसूचक आज ४५ दशमलव ९८ अंकले बढेर २१०६ को विन्दुमा कायम भएको छ । बजारमा बढोत्तरी आएसँगै १३ वटै उपसूचकमा हरियाली छाएको हो ।

यसरी शेयर बजार बढेपनि कारोबोरमा भने कमी आएको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये ८७ वटाको शेयरमूल्य घटेको छ ।

शेयर बजार बढेतापनि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको ७ दशमलव २६ प्रतिशतले सर्वाधिक घटेको छ । यसैगरी, माथिल्लो प्रभु बैंकको डिभेन्चर लगायतको शेयरमूल्य घटेको छ ।

भने आज कारोबारमा आएका धितोपत्रमध्ये बोटलर्स नेपाल बालाजु, मेरो माइक्रोफाइनान्स, उन्नती सहकार्य लघुवित्त, शिवम् सिमेन्ट, नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्ट, हाथवे इन्भेष्टमेन्ट, मिड सोले हाइड्रो, र सोनापुर मिनरल्स को शेयर मूल्यमा १० प्रतिशतले बढेको छ ।