काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३.३१ अंकले वृद्धि हुँदा १८२१.६२ को विन्दुमा बन्द भएको छ ।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंक बढेको छ।
आज ३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ०.९९ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग र अन्य उपसमूहको परिसूचक घटेका हुन्।
आज नेप्से परिसूचक बढेता पनि कारोवार रकम भने झनै घटेको छ। सोमबार ७३ करोडमा कारोवार भएको नेप्से आज मंगलबार कारोबार रकम झनै घटेर ६४ करोड १ लाखमा झरेको छ । मंगलबार नेप्सेमा १८ हजार ८८९ वटा कारोबारमा २० लाख ६३ हजार ७३७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको छ ।