काठमाडौं । शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ३० अङ्कले बढेको छ ।
बिहीवार ३२ दशमलव ३० अङ्कले बढेर नेप्से एक हजार आठ सय ७७ दशमलव ३२ मा पुगेको एक्सचेञ्जले जनाएको छ ।

बिहीबार सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो । बिहीबार होटल तथा पर्यटन उपसूचक ३.७५ प्रतिशत र व्यापार उपसूचक ३.७१ प्रतिशतले वृद्धि हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.१० प्रतिशतले बढेको छ ।

बिहीबार कारोवार रकम करिब डेढ अर्ब नजिक पुगेको छ । बुधबार ८२ करोडको कारोबार भएको बजारमा बिहीबार भने ३२ हजार ५७९ वटा कारोबारमा ४४ लाख २२ हजार १८६ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा १ अर्ब ४७ करोड ४८ लाखको कारोवार भएको हो ।