काठमाडौं । सरकारले जग्गाको खरिद बिक्रीलाई पारदर्शी बनाउने भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भौगोलिक सूचना प्रणालीमा आधारित जैविक जग्गा मूल्यांकन पद्धतिको विकास गरी जग्गाका खरिद बिक्री मूल्यलाई पारदर्शी र यथार्थपरक बनाउने बताएका हुन् ।

साथै सरकारले संघ, प्रदेश र स्थानीय तहको समन्वयनमा भू–उपयोग योजना तयार गर्ने नीति तथा कार्यक्रममा घोषणा गरेको छ ।