काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ ।
हाल देशभर २०१ शाखा र १६६ एटीएमहरू मार्फत सेवा दिएको बैंकले यात्रु तथा कर्मचारीलाई सुविधा पुर्याउने उद्देश्यले एटीएम सञ्चालनमा ल्याइएको बैंकले बताएको छ ।
यसैगरी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमासमेत बैंकले नयाँ एटीएम मेसिन सञ्चालनमा ल्याएको हो। बैंकले यसअघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा तथा अन्तर्राष्ट्रिय आगमन कक्षमा एटीएम सञ्चालनमा ल्याइसकेको छ ।
त्यसंगरी बैंकले रामबजार, पकाडी, सुरुङा, ड्राइभर टोल, मिर्चैया, बेलौरी, कारकाँदो, तुर्तुरे, तौलिहवा, टिकापुर, कुडिया सुस्ता, लमही, मलङ्वा, बौनिया, जीतपुर सिमरा, धुलाबारी, फूलबारीमा पनि नयाँ एटीएम सञ्चालनमा ल्याएको छ ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १६६ एटीएमहरू, १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।