काठमाडौँ–यस साताको पहिलो कारोबारका दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

पछिल्लो २ हप्तादेखि सामान्य अंकले निरन्तर रूपमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख २६ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य आजसम्मकै बढी हो ।

यस्तै, तेजावी सुनको मूल्य आज तोलाको १ लाख २५ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ। यसै गरी, तेजावी सुनको मूल्य शुक्रवार तोलाको १ लाख २४ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो । त्यस्तै चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ ।

आज चाँदीको मूल्य तोलाको १४ सय ७५ रुपैयाँ कायम रहेको छ । शुक्रवार चाँदी प्रतितोला १४ सय ७० रुपैयाँमा किनबेच भएको थियो ।