काठमाडौँ। सातको दोस्रो कारोबारका दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
आइतबारका दिन प्रतितोला एक हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । आज सोमबार छापावाला सुनको मूल्य एक लाख २६ हजार र तेजावी सुनको मूल्य एक लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी पनि आज स्थिर रहेको छ । चाँदी तोलामा एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको हो । पछिल्लो दुई साता यता सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ ।







