काठमाडौँ । आइतबारका दिन नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

आज सुनको मूल्यमा प्रतितोला ४ सय रुपैयाँले गिरावट आएको हो । शुक्रवार १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य साताको पहिलो कारोबारका दिन आज १ लाख २५ हजार रुपैयाँमा झरेको हो।

त्यस्तै अघिल्लो दिन १ लाख २४ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

यता चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ। आज चाँदी १ हजार ५ सय ३० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।