काठमाडौं। दुई हप्ता अगाडि सर्वाधिक मूूल्य बढेर किर्तीमानी कायम गरेको सुनको मूल्यमा पछिल्लो चारदिन देखि निरन्तर ओरालो लागेको छ ।

आज सोमबारका साताको दोस्रो कारोबारका दिन नेपाली बजारमा सुनको भाउमा गिरावट आएको हो । आज सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो।

सोमबार छापावाला सुनको भाउ १ लाख २४ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । आइतबार सुनको मूल्य १ लाख २५ हजार रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन १ लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजावी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदी १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी १ हजार ५३० रुपैयाँमा कारोबार भएको थियो। अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १४७ दशमलव ०६ डलरमा कारोबार भइरहेको छ ।