सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् ।
प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम कँडेललाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
कँडेललाई एमालेसहित माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेताहरूको समर्थन रहेको छ ।







