काठमाडौँ। नेपाली बजारमा दिनप्रतिदिन नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यले आज पनि कीर्तिमानी कायम गरेको छ । अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेदै प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको छ। यो आजसम्मकै उच्च मूल्य हो ।
त्यसै गरी आज तेजावी सुनको मूल्य पनि ५ सय सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँ कायम भएको छ। पछिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँ कायम थियो ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्य ५ महिनाको अवधिमा १ लाख ५० हजार पुग्ने अनुमान गरिएको छ । सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बसेको भएपनी व्यापारमा भने गिरावट आएको व्यवसायीहरूको भनाई छ ।
लगनको सिजन सुरु भइसक्दा समेत सुनको व्यापारमा खासै सुधार नआएको व्यवसायीको भनाई छ । व्यवसायीले सुनको मूल्य खरायोको गतिमा भएपनी व्यापार भने कछुवाको गतिमा भएको बताएका छन् ।







