काठमाडौँ । आज बुधवार मुलुकको वायु प्रदूषण बढेर यस वर्षकै उच्च विन्दुमा पुगेको छ। देशका विभिन्न स्थानमा भइरहेको वन डढेलोका कारण वायु प्रदूषण उच्च विन्दुमा पुगेको हो।

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाण्डौंको वायु गुणस्तर सूचकाङ्क ९एक्यूआई० दुई सय ६५ पुगेको छ। मङ्गलबार एक्यूआई दुई सय पुगेको थियो ।

मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोसँगै वायु प्रदूषण अझै बढ्न सक्ने  सरोकारवालाको भनाई छ । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाण्डौं विश्वको प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा सूचीकृत भएको छ ।

वातावरण विभागका उपमहा निर्देशक तारादत्त भट्टले बढ्दो डढेलोसँगै उपत्यकामा प्रदूषण पनि ह्वात्तै बढेको जानकारी दिएका छन् । उनले डढेलो नियन्त्रणका लागि सबै सरोकारवालाको समन्वय जरुरी रहेको बताए ।

“दिनानुदिन प्रदूषण बढिरहेको छ। एक्यूआई तीन सय पुगेपछि राज्यले आपत्कालीन घोषण गर्नुपर्ने हुन्छ ।” उनले वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि बढ्दै जाने बताए