काठमाडौँ । स्वावलम्बन लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन भएको छ । जस अनुसार उक्त अवधिमा कूल नाफामा सामान्य गिरावट आएको छ ।
उक्त समयावधिमा खुद नाफा १.३५ प्रतिशतले घटेर ११ करोड ८६ लाख २० हजार रुपैयाँमा सीमित भएको हो। अघिल्लो वर्ष सोही समयमा लघुवित्तले १२ करोड २ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
१ वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो। खुद ब्याज आम्दानी २.२७ प्रतिशतले घटेर १ अर्ब २ करोड २७ लाख ६३ हजार रुपैयाँ पुगेको छ।
यता सञ्चालन नाफा १.६५ प्रतिशतले घटेर १६ करोड ९० लाख ७४ हजार रुपैयाँ पुगेको छ ।चैत मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ छ ।








