काठमाडौं : स्वावलम्बन लघुवित्तले १० वर्ष पुरानो नगद लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको गरेको छ ।
कतिपय सेयरधनीले आर्थिक वर्ष २०६३–०६४ देखि २०७३–०७४ सम्मको नगद लाभांश लिन नआएपछि कम्पनीले सूचना जारी गरेरै लिन बोलाएको हो ।
सेयर रजिष्ट्रारको कार्यालय हिमालयन क्यापिटल, ठमेल काठमाडौंमा ३५ दिनभित्र सम्पर्क गरेर नगद लाभांश बुझ्न कम्पनीले आग्रह गरेको हो ।
यता, तोकिएको समय भित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने कम्पनीले जनाएको छ । नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र बोक्नुपर्नेछ







