Swabalamban Laghubitta Bittiya Sanstha Vacancy

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यस अवधिको तुलनामा १.३४ प्रतिशत धेरै हो।

गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी पनि २२.६१ प्रतिशतले बढेर १ अर्ब २५ करोड पुगेको छ। गत वर्ष यसले १ अर्ब २ करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

यस अवधिमा कम्पनीको सञ्चालन नाफा १०.२९ प्रतिशतले बढेर १५ करोड १६ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसले १६ करोड ९० लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

चुक्ता पुँजी १ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको यस संस्थाको १ अर्ब ७४ करोड रुपैयाँ जगेडा कोषमा छ। कम्पनीको प्रतिसेयर आम्दानी ९.७४ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ २१२.६८ रुपैयाँ छ ।