काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ। सुनको मूल्य सोमबार प्रतितोला ११ सय रुपैयाँ र मङ्गलवार प्रतितोला २७ सय रुपैयाँ घटेको थियो ।
बुधवार छापावाला सुनको मूल्य १ लाख ३६ हजार रुपैयाँमा कारोबार भएको छ । मङ्गलवार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधवार तेजाबी सुनको मूल्य एक लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलवार तेजाबी सुनको मूल्य एक लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
बुधवार चाँदीको मूल्य एक हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलवार चाँदीको मूल्य प्रतितोला एक हजार ६६० रुपैयाँमा कारोबार भएको थियो । बुधवार चाँदी तोलाको १० रुपैयाँ घटेको हो ।







