काठमाडौं । आगामी आर्थिकको बजेट कार्यक्रममा लघु बीमामा अनुदान समावेश गर्न नेपाल बीमा प्राधिकरणले सुझाव अर्थमन्त्रालयमा पठाएको छ।

चालु आर्थिक बर्षका लागि ११ बुँदे सुझाव मन्त्रालयलाई बुझाएको छ भने बीमा प्राधिकरणको योजना समेत पेश गरेको गरिएको छ ।

यी हुन् बीमा प्राधिकरणले दिएको सुझावहरु

विपन्न तथा न्यून आए भएका नागरिकको बीमा गर्न लघु बीमकलाई नेपाल सरकारबाट अनुदान प्रदान गर्न ।

ग्रामिण क्षेत्रमा बसोबास गर्ने विपन्न तथा न्यून आए भएका नागरिकको बीमा गर्न लघु बीमकलाई नेपाल सरकारबाट अनुदान प्रदान गर्न प्राधिकरणले सुझाएको छ । साथै, लघु बीमामा भ्याट छुट दिन ।

यसो भएको बखतमा भ्याट छुट हुँदा सुलभ मूल्यमा नै बीमा गर्न पाइने हुने र यसले गर्दा बीमाको दायरा बढ्ने प्राधिकरणले परिकल्पना गरेको छ । यसैगरी लघु बीमामा अनुदान दिइँदा न्यून आए भएका व्यक्ति समेत बीमाको दायरामा ल्याउँन ।

१ न्यून आय तथा सीमान्तकृत वर्गका जनतालाई बीमाको दायरामा ल्याई जीवन तथा सम्पत्तिमा हुने

२ जोखिम विरूद्ध आर्थिक सुरक्षण प्रदान गर्न स्थानीय तहसंगको समन्वयमा लघुबीमा कम्पनीहरू मार्फत बीमा गर्ने व्यवस्था गरिनेछ।

३ लघु बीमक तथा स्थानीय सरकार मार्फत बिभिन्न लघुबीमा सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने,

४ प्रचार प्रसार, बीमा साक्षरता, बीमा जनचेतना मुलक जस्ता कार्यक्रमहरू आयोजना गरिनेछ ।

घर तथा सम्पत्ति बीमा अनिवार्य गर्ने व्यवस्था गर्न

१ घर तथा सम्पत्तिको अनिवार्य बीमा गर्ने व्यवस्थाका लागि आवश्यकता अनुसार कानून निर्माण तथा संशोधन गर्ने,

२ घर बीमा सम्बन्धमा नगरपालिका तथा स्थानीय तहहरूसंग समन्वय गर्ने

३ घर तथा सम्पत्ति बीमाका लागि प्रचार प्रसार, जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने

४ विपद् व्यवस्थापन लगायतका विषयमा अन्य निकायहरूसंग सहकार्य र समन्वय गर्ने

जलवायु परिवर्तनबाट हुने जोखिमलाई बीमा सेवासँग आवद्ध गर्ने

१ जलवायू परिवर्तनबाट उत्पन्न हुने जोखिमलाई बीमासेवासंग आवद्ध गर्न विभिन्न किसिममा मौसममा आधारित, सूचकाङ्कमा आधारित बीमा योजनाहरू निर्माण गर्ने,

२ जलवायू परिवर्तनबाट उत्पन्न हुने जोखिमको अनिवार्य बीमा गर्ने व्यवस्था मिलाउने,

कोरोना बीमाको बाँकी रहेको दावी भुक्ताका लागि व्यवस्था गर्ने

३ कोरोना बीमाको बाँकी रहेको दावी भुक्तानीका लागि नेपाल सरकारबाट बजेट विनियोजन गर्ने ।

भारत जाने नेपाली श्रमिकका लागि पनि म्यादि जीवन बीमा अनिवार्य गर्ने

४ भारतमा जाने श्रमिकका लागि म्यादी जीवन बीमा अनिवार्य गर्न लक्षित वर्गको लागि आवश्यकता अनुसार कानून निर्माण तथा संशोधन गर्ने ।

उपभोक्ता समिति मार्फत नर्माण हुने संरचना तथा भौतिक सम्पत्तिको समेत अनिवार्य बीमा गर्नु पर्ने

१ उपभोक्ता समिति मार्फत निर्माण हुने संरचना तथा भौतिक सम्पत्तिको बीमाको लागि आवश्यकता अनुसार कानून निर्माण तथा संशोधन गर्ने ।

लघुबीमाको माध्यमबाट आर्थिक सूरक्षण प्रदान गर्न स्थानीय तह मार्फत लघुबीमा गराउने

१ प्रत्येक स्थानीय तह मार्फत लघुबीमकसंगको सहकार्यमा लघुबीमा गर्ने व्यवस्था मिलाउने ।

२ बिभिन्न स्थानीय तहमा आवश्यक पर्ने तथा माग अनुसार बीमाका विभिन्न योजनाहरू तयार गरी लागू गर्ने ।

३ प्रचार प्रसार, जनचेतना अभिबृद्धि, बीमा शिक्षा, अन्तरक्रिया कार्यक्रमहरू गर्ने ।

कृषि पशुपंन्छी तथा जरिबुटी बीमामा प्रदान गरिदै आएको अनुदान स्थानीय तह मार्फत भुक्तानी दिने व्यवस्था मिलाउने

१ कृषि, पशुपन्छी तथा जडिबुटी बीमामा प्रदान गरिदै आएको अनुदानलाई सहि र वास्तविक किसानले प्राप्त गर्ने गरी स्थानीय तह मार्फत अनुदान भुक्तानीको व्यवस्था गर्ने ।

स्वस्थ्य बीमा बोर्डलाई सरकारी स्वामित्वको स्वास्थ्य बीमा कम्पनीमा रुपान्तरण गरि नेपाल बीमा प्राधिकरणको नियमनको दायरामा ल्याउने । स्वास्थ्य बीमा बोर्डलाई सरकारी स्वामित्वको कम्पनीमा रूपान्तरण गर्ने

२ सरकारी कम्पनीमा रूपान्तरण गरी बीमाको दायरामा ल्याउन नेपाल बीमा प्राधिकरणले नियमन गर्ने ।

ढुवानी हुने सामानको अनिवार्य बीमा गर्ने व्यवस्था मिलाईने

१ आन्तरिक परिवहनबाट ढुवानी हुने मालबस्तुमा हुने जोखिमको लागि बीमालेख निर्माण तथा आवश्यकता अनुसार संशोधन गर्ने ।

साइबर घटनाबाट उत्पन्न हुने जोखिमको बीमाको माध्यमबाट सूरक्षण गर्ने ।

१ साइबर घट्नाबाट उत्पन्न हुने जोखिम विरूद्ध बीमा सुरक्षणका लागि कानूनी ढाँचा निर्माण गर्ने ।

२ विभिन्न सरोकारवाला निकायहरूसंग साइबर जोखिम सुरक्षणका लागि छलफल, अन्तरक्रिया तथा समन्वय गर्ने ।