काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको गलत वित्तीय विवरण सार्वजनिक गरेसँगै सच्याउन बाध्य भएको छ । बदनियपूर्ण तरीकाले बीमित र शेयरधनीको आस्था माथि ठाडै धक्का पुग्ने किसिमले प्रकाशन गरिएको उक्त वित्तीय विवरण कम्पनीले पुनः प्रकाशित गरेको हो ।
अहिले विश्व रियल टाइम डेटाको अवधारणामा अघि बढी रहेको छ । यस्तो अवस्थामा लाखौ, शेयरधनी र सरोकारवालाहरुको आस्थामा माथि आँच आउँने किसिमले कम्पनीले गलत वित्तीय विवरण सार्वजनिक गरेको थियो । सार्वजनिक भएको विवरणमा खुद नाफा २५४.९२ प्रतिशतले उल्लेख भए पनि सो रकममा ४३.६९ प्रतिशतले नाफा बढेको कम्पनीले जनाएको छ ।
यसअघि कम्पनीले चैसम्ममा ६९ करोड ११ रुपैयाँ खुद नाफा कमाएको जनाएको थियो तर फेरी प्रकाशन भएको विवरणमा कम्पनीले २० करोड ९८ लाख रुपैयाँ नाफा कमाएको देखाइएको छ।
यता, कम्पनीको खुद बिमा शुल्क आम्दानी र लगानी तथा कर्जाबाट हुने आम्दानी भने परिवर्तन भएको छैन । चैतसम्म खुद बिमा शुल्क आम्दानी १०.५० प्रतिशतले बढेर ५ अर्ब ८ करोडबाट ५ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । साथै, लगानी तथा कर्जाबाट आम्दानी ८.२९ प्रतिशतले बढेर २ अर्ब ३२ करोडबाट २ अर्ब ५२ करोड पुगेको देखिन्छ।
हाल एसियन लाइफ इन्सुरेन्सको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ रहेको छ । कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर बिक्रीबाट पुँजी वृद्धि गर्ने योजना बनाएको छ भने कम्पनीको यसको रिटेन्ड अर्निङमा पनि परिवर्तन भएको छ । यसअघि ९२ करोड ९ लाख रुपैयाँ उल्लेख गरेकोमा अहिले कम्पनीले ४९ करोड २६ लाख रुपैयाँ रहेको उल्लेख गरेको देखिन्छ ।







