काठमाडौं । भनिन्छ, प्रहरी मेरो साथी । तर,सो स्लोगान कहिलेकाही साच्चैको सही हो जस्तो लागेता पनि कहिलेकाही भने होइन जस्तो पनि साबित भइदिन्छ । जब ट्राफिक प्रहरीले व्यस्त रोडमा गुडीरहेका सवारी चालकहरुलाई अनावश्यक केरकार गर्न थाल्छन् त्यस्तो लाग्नु स्वभाविक पनि हुनसक्छ ।

नगर राज्यको स्थापना कालदेखि नै देशमा केही अराजकता वा अशान्ती भएमा, कसैले गल्ती गरेमा प्रहरीले समाउने भन्ने व्यवस्था छ । तर, प्रहरीले नै गल्ती गर्यो भने कस्ले समाउने ? यो पनि गम्भिर प्रश्न बन्ने गरेको छ । जनतालाई प्रहरीले समाउने र प्रहरीले गल्ती गर्दा कानुनले समाउने हो । प्रहरीले सामान्य गल्तीमा सम्झाई बुझाई गर्ने वा अवारनेस (जनचेतना) का भाषा प्रयोग गर्ने गरेको निकै कम पाइन्छ । यसबाट जनतामा अनेकौं क्षती पुग्ने भएकाले सरकार समेत यसमा चनाखो हुनुपर्ने देखिन्छ ।

कुनै बेलामा यस्तो पनि लाग्छ सवारी चलाउने चालकहरु स्वयमले गल्ती महशुस हुने गरी कुनै क्रियाकलाप गरेका छन् भने उनीहरुलाई चिट काट्नु स्वभाविक पनि देखिन्छ । तर, पछिल्लो समय नेपालमा सामाजिक संञ्जाल प्रयोगकर्ता वा अधिकांश यूवा जमातहरु हेर्दा ट्राफिक प्रहरीले दिने अनावश्यक दुखका कारण उनीहरु हैरान पनि छन् ।

ड्युटी सबैको ड्युटी नै हो,लापरबाही भएको हो कि होइन मुख्य कुरा हो
हामीले अधिकांश अवस्थामा ट्राफिक प्रहरीहरुले आफ्नो ड्युटी भएकै कारण चिट काट्नु मजबुरी वा बाध्यता भएको सुनाउने गरेको पनि पाउँछौं । त्यस्तै, अहिले शहरी क्षेत्रमा समान्य गल्तीमा पनि ट्राफिकहरुले चिटको चिर्कटो तेस्र्याउदा नागरिकहरु हैरान छन् । प्रहरीहरुले पनि माथिको आदेश वा तपाई सिसि क्यामेराको निगरानीमा भएकाले स-सानो छुटमा पनि छाड्न नमिल्ने आश्वासन दिन्छन् । या भनौ खयर विषय जे जस्तो भए पनि चिट काटि हाल्छन् । हुन त दुई चार सय अहिले धेरैका लागि खासै ठूलो रकम नहोला । तर,विषय के हो भने चिट काट्न तम्सिने भन्दा पनि चिट नै काट्नु नपर्ने वाताबरण बनाउन तिर लाग्नु ठूलो कुरा हो ।

ट्राफिकले एउटा चिट काट्ने काम गर्छन्, डाक्टरहरुले तपाई हामी बिरामी हुँदा पेट, मुटु काट्ने काम गर्छन् । अझ भनौ विद्धान विचारकका सन्देशले कैयौ मानिसहरुको धारणामा एकसाथ नकारात्मक विचार काटेर सराकात्मक परिवर्तन समेत ल्याउने गर्छन् ।

ट्राफिकले एउटा चिट काट्ने काम गर्छन्, डाक्टरहरुले तपाई हामी बिरामी हुँदा पेट, मुटु काट्ने काम गर्छन् । अझ भनौ विद्धान विचारकका सन्देशले कैयौ मानिसहरुको धारणामा एकसाथ नकारात्मक विचार काटेर सराकात्मक परिवर्तन समेत ल्याउने गर्छन् । भनाईको मतबल डु्युटीसँगसँगै संवेशनशिलता सबै पेशामा अति नै अपरिहार्य देखिन्छ । यसमा दुविधा नरहला ।

अब अलिकति गहन भएर पनि यो विषयलाई हेरौ । कसैको हातमा चिट छ, कसैको हातमा कलम छ, कसैको हातमा सुई छ । भनाईको मतलब डाक्टरले सुई बोक्छन्, विद्धान विचारकले कलम बोक्छन् अझ भनौ प्रहरीहरुले लाठी, चिट र सुरक्षाका साधान बोक्छन् । कतिपय अवस्थामा सडकको घाम, धुलो, वर्षा नभनि निरन्तर काममा लागेका ट्राफिक प्रहरीहरु देख्दा उनीहरुको पनि पेट पाल्नु पर्ने बाध्यताले दुख गरेको दृश्य शहर बजारमा दैनिक देखिने गर्छ । त्यस्तो अवस्थामा देशको रक्षाका लागि उभिएका कर्मशिल प्रहरी जवानहरुको एकै किसिमको ड्रेसले पनि धेरैलाई उनीहरु साथी त हुन नि भन्ने लाग्छ । तर, थाहाँ छैन कुनै बेलामा गहिरो हैरानी, ड्युटी वा दैनिक प्रेसरबाट हो की उनीहरु अलि बढी एग्रेसिभ (नचहिदो रिसीवी) मा समेत देखिन्छन् । यसबाट के हुन्छ भने ठूला भिआईपी, भिभिआईपी भन्दा पनि साधारण जनताहरु मारमा पर्छन् । उनीहरुले प्रयोग गर्ने भाषाले सर्वसाधारणमा कस्तो सन्देश व्याप्त हुन्छ भन्ने कुरामा सम्पूर्ण प्रहरी संयन्त्र सजक हुनुपर्ने देखिन्छ । सडक यस्तो ठाउँ हो जहाँ रोगी, बिरामी, असाहायदेखि निकै आपत परेका व्यक्तीहरु गुड्ने थलो हो । तर, त्यस्तो ठाउँमा पनि केही गम्भिर्यताका साथ काम गर्न सके असल समाजको निर्माणमा केही राहात पुग्ने थियो कि भन्ने यो लेखको आशय हो ।

टेकुमा फेला परेका राज क्षेत्री भन्छन्,ट्राफिकले किन रोक्छ पत्तो पाउँदिन
यो घटना आजै बुधबारको हो । टेकूमा एक हूल प्रहरी जमात धमाधम सवारी रोक्ने, चिट काट्ने गरि रहेको दृश्य देख्न सकिन्छ । जहाँ निन्यौरा अनुहार लगाएर अधिकांश सवारी चालकहरु रोकिएका थिए । अझ भनौ यस्ता पात्र पनि फेला परे जस्लाई आफूलाई प्रहरीले रोकेको कारण पनि थाहाँ छैन । उनी सुर्खेतस्थित विरेन्द्रनगर-९ का बासिन्दा राज क्षेत्री हुन् । एक्कासी प्रहरीले रोक्दा उनले आफूलाई किन रोकियो भनेर पत्तो पाएनन् । हाल पठाओ चालकको रुपमा काम गर्दै आएका उनलाई प्रहरीले किन रोकेको हो भन्ने बारेमा केही पनि थाहाँ पत्तो छैन । हाल त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र अध्ययन गरिरहेका उनी ३० वर्षका भए । आफूलाई किन रोकियो भन्ने बारेमा केही पनि जानकारी नभएको उनले रोहोर्याए । प्रहरीले रोक्नु भनेपछि आफू एक इमान्दार र अनुशासित नागरिकको हैसियतले रोकिएको तर अकारण किन रोकेको हो भन्नेमा उनी सशंकित देखिन्थे । उनले यस्तो अनावश्यक हैरानी कहिलेसम्म हो भनेर सरकारलाई प्रश्न समेत गरेका छन् ।

सिधै थुतियो चाबी
आफूलाई अनावश्यक दुख दिएको सुनाउने उनले आफूलाई केही पनि जानकारी नदिई बाइकको चाबी प्रहरीले खोसेर लगेको सुनाए । उनले गल्ती भए यो कारण गल्ती भएको हो भन्ने स्पष्ट खुलाउनुपर्ने बताए । चालक क्षेत्रीले मान्छेबाटै गल्ती हुने भएकाले गल्ती गरेको अवस्थामा पनि प्रहरीले जानकारी दिने शैली राम्रो हुनुपर्ने बताए । त्यस्तै, आफूले सडकमा नै पठाओ चलाउने भएकाले जानेकै कुरा वा अनजानमा केही गल्ती हुने सुनाए ।

पठाओ चालकलाई पटक–पटक अनावश्यक हैरानी
अन्तिममा उनले अर्को दुखद कुरा पनि सुनाउँन भ्याए । पठाओ चालकलाई ट्राफिकले धेरै जसो अवस्थामा लखेटने गरेको र पठाओ चालकले पनि जनताको सेवा नै गरेको, आफ्नो ड्युटी गरेको क्षेत्रीले स्मरण गराउँन चाहे । उनले पठाओ चालकलाई ट्राफिकले लखेट्ने कुरामा स्पष्ट रुपमा आफूहरुलाई किन लखेटिन्छ भन्ने थाँहा पाएमा त्यस्तो अवस्थाबाट मुक्ती पाइने बताएका छन् । अन्तिममा पठाओ चालक क्षेत्रीले ट्राफिकहरुले पनि जनतालाई सदैव सहयोग भाव राख्दा अझ अनुशासित र राम्रो सडक व्यवस्थाको निर्माण हुने आशय व्यक्त गरे ।

यता सडकमा रहेका ट्राफिकहरुले अधिकांश अवस्थामा आफूहरुले ड्युटी मात्र गरेको सुनाउँने गरेका छन् ।