काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत वर्षको नाफाबाट ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको असोज ९ गते बसेको बैठकले ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयर धनीहरूलाई वितरण गरिने भएको छ।

यसअघि आर्थिक वर्ष २०७८-७९ मा कम्पनीले ५ प्रतिशत लाभांश वितरण गरेको थियो । यो लाभांश प्रस्ताव आगामी साधारण सभाले पारित गरेपछि मात्र शेयर धनीको खातामा पठाउने प्रक्रिया सुरु हुनेछ ।