काठमाडौँ । नबिल बैंक लिमिटेडले शेयर धनीहरूलाई नगद लाभांश दिने निर्णय गरेको छ । बैंकका शेयर धनीलाई १० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयर धनीहरूलाई कूल १० प्रतिशतका दरले नगद लाभांश ९कर सहित० अर्थात् प्रति शेयर १० रुपैयाँ (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।
बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् शेयर धनीहरूमा वितरण गरिने छ ।







