काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ताका लागि तालिम र परीक्षा सञ्चालन गर्ने भएको छ ।

आउँदो मंसिर ९ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त आधारभुत तालिममा नयाँँ अभिकर्ता बन्न इच्छुक व्यक्ति सहभागी हुन पाउँने कम्पनीले जनाएको छ । उक्त तालिम सानिमा जीआईसीको केन्द्रीय कार्यालय वा गूगल मिटमार्फत बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म सञ्चालन हुनेछ ।

यस्तै तालिमपछि मंसिर १२ गते बीमा अभिकर्ता बन्ने योग्यताका लागि परीक्षा सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले तालिममा भाग लिन इच्छुक व्यक्तिहरूले मंसिर ७ गतेभित्र आवश्यक कागजात सहित सानिमा जीआईसीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय वा नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न भनेको छ ।