काठमाडौँ । नेकपा (एमाले)का सचिव रघुवीर महासेठले नेपाल विद्युत् प्राधिकरण खारेज गरिनुपर्ने बताएका छन् ।
महासेठले एक टेलिभिजन कार्यक्रममा प्राधिकरणहरूले विभागीय मन्त्रीहरूको आदेशसमेत मान्न छाडेको कारण सबै प्राधिकरण नै खारेज गरेर विभागको रूपमा राखिनुपर्ने बताएका छन्।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङतर्फ लक्षित गर्दै महासेठले भने,‘ प्राधिकरण सरकारले खारेज गर्दिनुपर्छ । प्राधिकरण चाहिँदैन । त्यो प्राधिकरण जो आफ्नै मन्त्रीको आदेश नमान्ने, सरकारको आदेश नमान्ने । संसारमा त्यस्तो प्राधिकरण हुन्छ रु मलाई सोध्नुहुन्छ भने विद्युत् प्राधिकरण मात्रै होइन । जो–जो प्राधिकरण छ, विभागको रूपमा मन्त्रालयको मातहतमा राख्नुपर्छ।’
साथै, ऊर्जा, जल स्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अध्यक्षको नाताले प्राधिकरणमा कार्यकक्ष बनाउँदा विवाद गर्नुपर्ने विषय नै नरहेको महासेठले को भनाई छ ।







