काठमाडौं । राधी विद्युत कम्पनीले आफ्ना सेयरधनीका लागि ५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश दिने वितरण गर्ने निर्णय गरेको हो ।
यस्तै कम्पनीले उक्त लाभांश पारित गर्नका लागि पुस १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा र लाभांश प्रयोजनको लागि कम्पनीले पुस ४ गते बुक क्लोज गर्ने जनाएको छ ।
यस्तै, कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने पुँजीमा १ः०.६९८९ अनुपातमा हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ ।







