काठमाडौँ । आज (सोमाबार) स्थगित भएको प्रतिनिधिसभा अन्तर्गत अर्थसमितिको बैठक भोली मंगलबार बिहान ११ बजे बस्ने भएको छ ।
आजको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यतालिका रहेको थियो । बैठकमा सत्ता पक्षीय सांसदहरूको उपस्थिति न्यून रहेको र कोरम नपुगेपछि स्थगित भएको थियो ।






