काठमाडौं । नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन् । फागुन ९ गते बसेको बैंक सञ्चालक समितिको  बैठकले अध्यक्षमा पंज्ञानीलाई नियुक्त गरेको हो ।

पंज्ञानी अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै गत भदौ २७ गते नेपाल बैंकको सञ्चालक बनेका थिए । उनी अर्थ मन्त्रालयमा प्रशासन विभागमा सहसचिव हुन्।

पंज्ञानीले पद ग्रहण पश्चात् नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अध्यक्ष पदको पद तथा गोपनीयताको शपथ  ग्रहण गरिसकेको बैंकले जनाएको छ ।