काठमाडौँ । स्वरोजगार लघुवित्तको एफपीओ चैत १ गते बाँडफाँट गरिने भएको छ । शुक्रवार बिहान १० बजे आफ्नै कार्यालय बालुवाटार, काठमाडौँमा एफपीओ बाँडफाँट गर्ने तयारी भएको एनएमबि क्यापिटलले जनाएको छ ।
यस कम्पनीको एफपीओमा मागभन्दा ११९.८५ गुणा बढी आवेदन परेको छ। यसर्थ गोला प्रथाबाट एफपीओ बाँडफाँट हुनेछ। यस कारण स्वरोजगारको एफपीओ हात पार्न भाग्यकै भर पर्नुपर्ने भएको छ ।
यसमा १८ लाख ८२ हजार ४२२ जनाले कुल २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १९ हजार ५७७ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १८ लाख ६२ हजार ८४५ जनाको भने हात खाली हुनेछ।
कम्पनीले फागुन १८ गतेदेखि २१ गतेसम्म १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरिएको थियो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।
यस अघिको न्युजको शिर्षकमा १९ हजार ५७७ जनाले मात्र सेयर हात पार्ने हुनु पर्नेमा अन्यथा हुन गएकोमा क्षमापार्थी छौ।