काठमाडौँ । यस साताको अन्तिम कारोबारका दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा ५०० रुपैयाँले उरालो लागेको हो।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सुनचाँदीको मूल्य बढ्ने अन्तराष्ट्रिय कारण यर्थावत रहेकोले मूल्यमा बृद्धि आउने महासंघको भनाई छ।