काठमाडौं । पछिल्लो ८ महिनामा कारोसूचिमा पर्नेको सबैंकहरूबाट ऋण लिएर समयमा साँवा ब्याज नतिर्नेहरूको संख्या बढ्दै गएको छ ।
चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा बैंकहरूबाट ऋण लिएर तोकिएको समयमा नतिर्ने ३७ हजार ५ सय २३ ऋणी कालोसूचीमा परेका छन् ।
कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार गत वर्ष २०८० सालमा ३३ हजार २ सय ७६ ऋणी कालोसूचीमा परेका थिए। पछिल्ला वर्षहरूमा कालो सूचीमा पर्नेको संख्यासँगै निष्कृय कर्जा र चेक बाउन्स रकम पनि बढ्दै गइरहेको छ ।
८ महिनाको अवधिमा मात्रै ४ हजार २ सय ४२ जना ऋणी कालोसूचीको लिष्टमा थपिएका हुन् । त्यस्तै अघिल्लो वर्ष २०७९ सालमा कालोसूचिमा पर्ने ऋणीको संख्या १९ हजार २१५ कायम भएको थियो ।
बैंक वा वित्तीय संस्थाले आफूले स्वीकृत गरेको सम्पूर्ण कर्जा सुविधाको विवरण कर्जा सूचना केन्द्रलाई जानकारी गराउनुपर्छ।
९० दिनभन्दा बढी अवधिले भाका नाघेका सम्पूर्ण कर्जा सुविधाको विवरण र दश लाख रुपैयाँ वा सो भन्दा बढीको कर्जा रकम कालो सूचीमा राख्न तोकिएको अवधिभित्र केन्द्रलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।
लघुवित्त वित्तीय संस्थाहरुको हकमा भने ५ लाख वा सो भन्दा बढीको कर्जा रकम भएका ऋणीहरुलाई कालो सूचीमा राख्न पठाउने व्यवस्था गरेको छ ।







