काठमाडौँ। चालू आर्थिक वर्ष २०८१।०८२ को ८ महिनामा चार वटा निर्जीवन लघुबीमा कम्पनीहरूले ५७ करोड ९६ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको ८ महिनाको तथ्यांक अनुसार ८ महिनाको अवधिमा सर्वाधिक बीमाशुल्क आर्जन गर्ने नेपाल माइक्रो इन्स्योरेन्सले १६ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
उक्त अवधिमा प्राटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले १४ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दै दोस्रो स्थानमा रहेको छ । प्राधिकरणका अनुसार यस अवधिमा स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले १३ करोड ५१ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ।
त्यसै ट्रष्ट माइक्रो लाइफ इन्स्योरेन्सले यस अवधिमा १३ करोड १६ लाख रुपैयाँभन्दा बढीको कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। यी कम्पनीहरूले २ लाख ३० हजार ७ वटा बीमालेख जारी गरेर उल्लेखित रकम रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।








