काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/०८२ को तीन महिनाको अवधिमा  हाल सञ्चालनमा रहेका चार वटा निर्जीवन लघुबीमा कम्पनीहरूले कुल १८ करोड ५६ लाख रुपैयाँको बीमा व्यवसाय गरेका छन् ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार उक्त अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले ५ करोड ५० लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको हो।

त्यस्तै, चालु आर्थिक वर्षको असोज महिनासम्ममा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ४ करोड ६१ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको हो । साथै, ट्रस्ट माइक्रो इन्स्योरेन्सले ४ करोड २६ लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले ४ करोड १८ लाख रुपैयाँको व्यवसाय गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।