काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त भएका कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् ।

घिसिङले आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी भन्दै सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने माग सहित अदालत पुगेका हुन् ।

अदालत निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएका छन् ।

सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भन्दै उनले रिट निवेदनमा जिकिर गरेका छन्।