काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६८ खर्ब नाघेको छ ।  नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत साताको शुक्रवारसम्म वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरूद्वारा संकलित निक्षेप (डिपोजिट) ६८ खर्ब ९० अर्ब रुपैयाँ पुगेको हो ।

समीक्षा अवधिमा यता बैंकहरूको कर्जा लगानी खासै सुधार हुन सकेको छैन । केन्द्रीय बैंकका अनुसार चैत २० गतेसम्म ६८ खर्ब निक्षेप संकलन गरेका बैंक तथा वित्तीय संस्थाहरूले ५४ खर्ब ८० अर्ब रुपैयाँ मात्र लगानी गर्न सकेका छन् ।

राष्ट्र बैंकका अनुसार पछिल्लो एक दिनमा मात्रै बैंकिङ प्रणालीमा १० अर्ब रुपैयाँले निक्षेप थपिएको छ । तर समीक्षा अवधिमा यता बैंकहरूको कर्जा लगानी भने खासै सुधार हुन सकेको छैन । केन्द्रीय बैंकका अनुसार चैत २२ गतेसम्म ६८ खर्ब निक्षेप संकलन गरेका बैंक तथा वित्तीय संस्थाहरूले ५४ खर्ब ८० अर्ब रुपैयाँ मात्र लगानी गर्न सकेका छन् ।

यस्तै, चैत १९  गते ६० खर्ब ६३ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकको निक्षेप भोलिपल्ट बढेर ६० खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ । सो समयमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमा पनि वृद्धि देखिएको छ । यस्तै, २० गते वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि ४ अर्बले बढ्दै ४८ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमध्ये वाणिज्य बैंकहरुको निक्षेप ६० खर्ब ७१ अर्ब तथा अन्य वित्तीय संस्थाहरूको निक्षेप ७ खर्ब २८ अर्ब पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जामध्ये वाणिज्य बैंकहरुले ४८ खर्ब ६४ अर्ब तथा अन्य वित्तीय संस्थाले ६ खर्ब १६ अर्ब कर्जा प्रवाह गरेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।

तथ्यांकअनुसार सो समयमा औसत कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० ३९.३४ प्रतिशत र अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ। यसलाई हेर्दा बैंकहरुसँग लगभग ६ खर्ब ४० अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ । बजारमा कर्जाको माग नै नभएको अवस्थामा बढ्दो जोखिमलाई लिएर यता बैंकहरुले पनि लगानीमा कडाइ गर्दा निक्षेप थुप्रिन पुगेको हो ।

बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप थुप्रँदै जाने तर कर्जा विस्तार नहुँदा यसले बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यमा समेत प्रभावित हुने जानकारहरूको धारणा छ ।