काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबारका दिन सुन तोलामा ६ सय रुपैयाँले बढेको हो ।

आज सुनको मूल्य १ लाख ८४  हजार ८ सय निर्धारण गरेको छ। अघिल्लो दिन आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

उक्त दिन सुनको मूल्य ६ सय रुपैयाँले घटेको थियो ।  त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।