काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ४ लाख ८२ हजार २७६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखिएको छ । शेयर किन्न इच्छुक शेयर धनीले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको शेयर विवरण खुलाएर निवेदन दिनु पर्नेछ।
निवेदन नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु कम्पनीले जनाएको छ ।
साथै तोकिएको म्यादभित्र संस्थापक शेयर धनीबाट निवेदन प्राप्त नभएमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।







