काठमाडौँ । सान्भि इनर्जी लिमिटेडको आइपीओमा आज अन्तिम दिनसम्ममा २ अर्ब ५८ करोड ९० लाख ६२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। कम्पनीको आइपीओमा २१ लाख ८ हजार २३२ जनाले २ करोड ५८ लाख ९० हजार ६२० कित्ताको लागि आवेदन परेको सीडीएसले जनाएको छ ।
सर्वसाधारणलाई खुला गरेको यो आइपीओ मागभन्दा १०.७१ गुणा बढी आवेदन परेको छ । सान्भि इनर्जीले शुक्रबार जेठ ९ देखि आजसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो ।
कम्पनीले यसअघि जारी पुँजी ८८ करोड रुपैयाँको १० प्रतिशतले हुने ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता आइपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गरिसकेको छ । त्यस लगत्तै , वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई पनि २ लाख ९१ हजार कित्ता आइपीओ निष्कासन गरिसकेको छ ।







