काठमाडौँ । सरकारका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको बजेट जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी ल्याएको धारणा दिएका छन् ।

अर्थमन्त्री पौडेलले स्रोत व्यवस्थापनको सीमाभित्र रहेर जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएका धारणा व्यक्त गरेका छन् । सञ्चारकर्मीसँग बजेटका विषयमा प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेलले वित्तीय अनुशासन, मितव्ययिता र खर्च कटौतीलाई आत्मसात् गरेको छ जनाएका छन् ।

साथै, विगतका कमजोरीहरूलाई दोहोरिन नदिने र अर्थतन्त्रका चुनौतीहरू सामना गर्ने गरी बजेट प्रस्तुत भएको पौडेलको दाबी छ । अर्थमन्त्री पौडेलका अनुसार बजेटले लगानी, उत्पादन, उत्पादकत्व, उद्यमशीलता र रोजगारी वृद्धिमा जोड दिएको छ । विनियोजन कुशलतातर्फ अभिमुख भएको छ । सीमित स्रोतलाई अत्यधिक प्रतिफलयुक्त कार्यक्रम र आयोजनामा विनियोजन गरिएको छ ।

बजेटले उत्पादनका सबै क्षेत्रको मनोबल बढाउनेछ । निजी क्षेत्रलाई लगानीका लागि उत्प्रेरित गर्नेछ । स्टार्टअप, युवा, उद्यमीहरूलाई प्रोत्साहित गर्ने उनको भनाई छ। अर्थमन्त्री पौडेलले सबै पक्षको साथ, सहयोग, सहकार्य र समर्थनमा बजेट कार्यान्वयन गर्ने अर्थमन्त्री पोैडेलको भनाई छ ।