काठमाडौँ । रास्वपा सांसदहरूको नाराबाजी पश्चात् प्रतिनिधिसभा बैठक आज पनि  स्थगन भएको छ । बैठक सुरु हुनासाथ रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय दिइएको थियो ।

उनले भिजिट भिसा प्रकरणमा सरकार मौन बसेको चन्दै प्रश्न उठाउँदै संसद् चल्न नदिने बताएकी थिइन् । भिजिट भिसा प्रकरणमा ०६४ सालदेखि नै चल्दै आएको गम्भीर विकृति भएको भन्दै रास्वपाले उच्चस्तरीय छानबिन समिति माग गर्दै आएको छ ।

त्यसपछि सभामुख देवराज घिमिरेले आधा घण्टा पछि बस्ने गरी बैठक स्थगित गरेका छन् ।