(कार्तिक १६ देखि माघ १५ सम्म १० – ४ अफिस)
१ नेपाल मा सरकारी कार्यालय आइतबार – बिहिबार १० – ५ (५ *७ =- ३५ घण्टा + सुक्रबार ५ घण्टा ) हप्ता मा ४० घण्टा
२ सनिबार र आइतबार छुट्टि दिने अनि अफिस सोमबार देखि शुक्रबार ९ -५ सम्म गर्दा ५ * ८ =40 हुन्छ।
३ काम गर्ने हप्ता को ४० घण्टा नै हुन्छ।
४ जाडो महिनामा साझा ४ बजे छुट्टि गर्नु पर्दैन।
५ एक दिन अफिस कम हुदा सरकारी खर्च नि कम हुन्छ।
६ अन्तरिक पर्यटन बढ्छ, राज्य लाई कर बढी आउछ र रोजगारी बढ्छ।
७ डिजेल र पेट्रोल को खपत समेत कम हुन्छ।
८ प्रधुषण पनि कम हुन्छ।
९ बिश्वो मा हप्ता को ४ दिन मात्र काम गर्दा प्रभाबकारी हुने भने लागु हुन थालेको छ।
१० हाम्रो देश मा पनि बेला बखतमा सनिबार र आइतबार छुट्टि लागु भए तर किन यो वन्ध भयो कुनै अध्यान छैन।
११ हप्ताको दुइ दिन छुट्टि ले अन्तरिक पर्यटन बढ्ने र रोजगारी श्रीजना हुने हुदा, यो बिषय हेर्नु पर्ने हो।
१२ छलफल गरौ सबल र दुर्बल पक्ष्य विश्लेषण गरि निर्णय मा पुगौ।
१३ नया कुरा नगरी प्रगति हुदैन।
१४ धेरै ले भन्नु हुन्छ, सरकारी कर्मचारी तेसै त काम गर्दैनन् अझ हप्ता को २ दिन बिदा चाहियो ?
१५ हप्ता को ४० घण्टा काम गर्ने हुदा, हप्ता को ५ दिन वा ६ दिन काम गर्ने खासै काम मा अशर गर्दैन।
१६ आशिष गजुरेल ले भनेर लागु हुने होइन तर यो बिषय मनन गर्न जरुरि देख्छु।
(यो लेख नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सोसल मिडियामा व्यक्त गर्नु भएको धारणा हो ।)







